पुष्प र तनुजालाई ‘आयो दशैं’ (भिडियो)



गायक नरेश रेग्मीले गायिका देवी घर्तीसँग मिलेर ‘आयो दशैं’ बोलको गीत सार्वजनिक गरेका छन् । विगत ८ बर्षदेखि अष्ट्रेलियामा रहँदै आएका नरेशले यो गीतमा विदेशीन वाध्य केटा र नेपालमै रहेकी केटीको प्रेम पीडा पोखेका छन् ।

गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतमा दशैं नजिक आउँदा पनि प्रेमी प्रेमिका वाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ । यो गीतको भिडियोमा नायक पुष्प खड्का र नव–मोडल तनुजा वलीको अभिनय छ । तनुजाले यही गीतबाट म्युजिक भिडियोमा डेब्यू समेत गरेकी हुन् ।

नरेशले १५ बर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् । यो गीतको भिडियोलाई विक्रम चौंहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu