‘सरर’ गीतमा पुष्प र पूजाको जोडी (भिडियो)



गायिका रानी शाक्यले दशैँ-तिहार गीत ‘सरर’ सार्वजनिक गरेकी छिन् । गीतकार राजेश शाक्यको शब्द रचना र कल्याण सिंहको संगीत रहेको गीतको भिडियोमा लोकप्रिय नायिका पुजा शर्मा र नायक पुष्प खड्काको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी ,विजयराज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन रहेको भिडियोलाई रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो । अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ५ दर्जनभन्दा बढी गीतहरु आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu