वरिष्ठ लोकगायक तिर्थ गन्धर्वको निधन



ठुलोपर्दा डटकम, काठमाण्डौ। हृदयघातका कारण बरिष्ठ लोकगायक तीर्थ गन्धर्वको निधन भएको छ । गएराती सैनिक अस्पताल छाउनीमा उहाँको निधन भएको हो ।

वि.सं. २०१० मा तनहुँमा जन्मिनु भएका गन्धर्व २ वर्षअघिसम्म रेडियो नेपालमा जागिरे हुनुहुन्थ्यो । उहाँको शवलाई श्रद्धाञ्जलीका लागि प्रज्ञा भवनमा राख्ने तयारी भइरहेको बताईएको छ । ‘बल्ल पर्यो निरमाया माकुरी जालैमा …’ भन्ने गीत गन्धर्वले गाउनुभएको लोकप्रिय गीत हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu