शिव परियारको गीतमा अन्जली र आलियासँग पुष्पको नृत्य



‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ को सफलतापछि गायक शिव परियारको गायनमा पिउने र पिलाउने श्रृङ्खलाको फेरी अर्को गीत ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ बोल गीत चाँडै इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याउने भएको छ ।

कविराज गहतराजको कोरियोग्राफी र हरि हुमागाईको छायांकन रहेको गीतकोे सोमवार क्लब प्ल्याटिनममा छायाङ्कन सम्पन्न भएको छ । गीतको भिडियोमा नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अन्जली लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहनेछ ।

मिडिया हब प्रा. लि. बाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भईरहेको यो गीतले यसपालिको चाड-बाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ । केही दिनमा गीतको भिडियो सार्वजनिक हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu