प्रिज्मा र प्रिन्सीको प्रेममा सागर



गायक समिर आचार्य र गायिका स्वस्तिका ढकालको स्वरमा समावेश ‘चकलेटी स्याउँ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । दिनेशराज पुरीको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

यो गीतलाई अर्जुनले रोमान्टिक शैलीमा तयार पारेका छन् । गीतका केही शब्दहरुले दर्शक तथा श्रोताको ध्यान तान्न सक्छ ।

यो गीतको भिडियोमा कलाकार सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय छ । तिनै जना कलाकार भिडियोमा डान्सिङ मुडमा देखिएका छन् ।

शान थापाले यो भिडियोको निर्देशन गरेका हुन् । मनोज बस्नेतको लगानीमा बनेको भिडियोमा हरि हुमागाँइको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिभ समरको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu