आशासँग बस्यो एसराजको पिरती (भिडियो)



दुई दशक अगाडि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जन्म जन्म’ को एउटा रोमान्टिक गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । चलचित्रका लागि साधना सरगमको स्वरमा रेकर्ड भएको ‘पिरती बस्यो‘’ बोलको गीतको रिमेक भर्सनमा भने अञ्जु पन्तको स्वर छ ।

शुभ बहादुरद्वारा संगीतबद्ध गीतका शब्दहरु पूर्व युवराज दीपेन्द्र शाहले रचना गरिएको भनिएको छ । गीतको भिडियोमा अभिनेता एसराज गराच तथा अभिनेत्री आशा पौडेल चन्द कौशिकको रोमान्टिक जोडीलाई फिचर गरिएको छ ।

आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोलाई केशवराज भट्टले निर्देशन गरेका छन् । महाराज थापाले यो गीतमा संगीत संयोजन गरेका छन् । सौरभ लामा यो भिडियोका छायांकार हुन् । दिल्सन शाहले भिडियो सम्पदान गरेका छन् । निर्देशक केशवराज भट्ट नै यो भिडियोका कोरियोग्राफर समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu