सुधीरको ‘राधा पियारी’ गरिमा (भिडियो)



संगीतकार वसन्त सापकोटा र गायिका मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अमेरिका निवासी गोपाल लोहारको शब्द तथा वसन्तकै संगीत छ ।

काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष तथा संगीतकार सुरेश अधिकारीले शुभाम्भ गरेका थिए । कार्यक्रममा गायक तथा संगीतकार वसन्त र मेलिनाले ‘राधा पियारी’ प्रत्यक्ष गाएका थिए ।

भिडियोमा मोडल सुधीर श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् । गोलो प्रोडक्शनको प्रस्तुति रहेको ‘राधा पियारी’ युट्युव च्यानल गोलो प्रोडक्शनबाट दर्शकमाझ आएको छ । उत्सव दाहालको छायांकन रहेको भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफी, विकास दाहालको सम्पादन र भीमा लोहारको प्रस्तुति छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu