संगीतकार बोगटीलाई पुत्रलाभ



आधुनिक संगीतमा परिचित संगीतकार प्रल्हाद बोगटीलाई पुत्रलाभ भएको छ । मोरंगस्थित आफ्नै घरमा उनकी श्रीमती मधु पौडेलले छोरालाई जन्म दिएकी हुन् । हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

बोगटीले प्रयाग संगीत विद्यालय इलाहवादबाट संगीतमा ब्याचलर गरेका छन् । उनले तिम्रो आफ्नै मान्छे, जिन्दगीको छहारीमा लगायत सयौं गीतमा संगीत भरेका छन् । त्यस्तै नेपाली चलचित्र एक्सनमा संगीत भरेका छन् भने दर्जनौं एल्बमहरुमा पनि उनको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu