केतनको मनछुने गीत ‘परदेशी आयो’मा बिपिन कार्की (भिडिओ)



काठमाडौं। गायक केतन क्षेत्रीको आवाजमा रहेको कर्णप्रिय गीत ‘परदेशी आयो’को भिडिओ रिलीज भएको छ । भिडिओमा अभिनेता बिपिन कार्कीले मनछुने अभिनय गरेका छन् ।

चाडवाड चलिरहेको समयमा रिलीज यस गीतमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ । ग्रामिण भेगको एक युवा जसकी श्रीमती, दुई लालाबाला सन्तान र बाबु आमा छन् । उनिहरु सबैलाई छोडेर परदेशीनुको पीडा यो गीत तथा भिडिओमा देखिन्छ ।

प्रकाश सापकोटाले रचना गरेको यस गीतमा सुवास भुषालको संगीत रहेको छ । देवेन्द्र नेपालले निर्देशन गरेको भिडिओमा बिपिनको साथमा कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा लगाएतको अभिनय रहेको छ । दिपेश उपाध्याय र दिप्सन डंगोलले छायांकन गरेको भिडिओका सम्पादक बिकाश दाहाल हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu