एपिक नेपाल म्युजीक अवार्ड २०७८ का उत्कृष्ट पाँचलाई प्रमाणपत्र वितरण



‘तेस्रो एपिक नेपाल म्युजीक अवार्ड २०७८’ का उत्कृष्ट पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा हुन लागेको अवार्डका ३२ विधाका सम्पुर्ण मनोनयनलाई शनिवार आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रम मध्यपुर थिमी नगरपालिकाको कुमारीपार्क परिसरमा सम्पन्न भएको हो ।

3rd Epic Nepal Music Award 2078
मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ कार्यक्रममा बोल्दै

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले नेपाल कला क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताए । श्रेष्ठले मध्यपुर थिमि भित्रका पुरातात्विक सम्पदा, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले अवार्डसँग सहकार्य गरेको बताए ।

Jiwan Parajuli, Elena Chauhan, Madhav Kharel, Devendra Raj Pandey_
3rd Epic Nepal Music Award 2078
गायिका एलिना चौहान मनोनयनको प्रमाणपत्र लिँदै

आयोजक संस्थाकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले सहकार्य गरेकोमा धन्यवाद दिईन् । बबिताका अनुसार आगामी मंसिर ११ गते अवार्ड समारोह हुनेछ । अवार्ड समारोह मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडे स्थित कुमारी पार्कमै हुने जानकारी गराइयो ।

महजोडीलाई लाईफटाईम तथा पराजुलीलाई पत्रकारीता सम्मान
कार्यक्रममा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई नगदसहितको लाईफटाईम अचिभमेन्ट सम्मान प्रदान गरिने घोषणा गरियो । यस्तै नेपाली कला क्षेत्रमा लामो समयदेखी पत्रकारिताको माध्यमबाट योगदान पुऱ्याएका पत्रकार जीवन पराजुलीलाई कला पत्रकारिता सम्मान प्रदान गरिने घोषणा गरियो । दुवै सम्मान अवार्ड समारोहमा प्रदान गरिनेछ ।

Jiwan Parajuli at 3rd Epic Nepal Music Award 2078
बायाँबाट क्रमश: एपिक नेपालकी अध्यक्ष बबिता श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठ र पत्रकार जीवन पराजुली
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu