‘चिनि अमिलो’ गीतको भिडिओ रिलीज



लोकराज अधिकारीका शब्द तथा राजेन्द्र बजगाईंको संगीतमा अलिफ खान र सुजाता के.सि.को स्वर रहेको गीत ‘चिनि अमिलो’को भिडिओ सार्वजनिक भएको छ । यूट्युबमा रिलीज भिडिओका निर्देशक प्रकाश धिताल हुन् ।

Sudhir Shrestha and Gita Dhungana
भिडिओमा अभिनय गर्दै सुधिर श्रेष्ठ र गीता ढुंगाना

भिडिओमा सुधिर श्रेष्ठ र गीता ढुंगानाको अभिनय रहेको छ । गीतमा शुरु शुरुको प्रेम गुलियो भएको तर त्यहि प्रेम समय बित्दै जाँदा अमिलो भएको भाव व्यक्त गरिएको छ । सांकेतिक रुपमा प्रेमप्रतिको आकर्षण घट्दै जाँदा पोखिएका गुनासाहरु गीतमा भेटिन्छन् ।

भिडिओ अजय रेग्मीले छायांकन गरेका छन् भने बिकास दाहालको सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ ।

भिडिओ:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu