‘हिमालको छेउमा’ गीतमा दीपा र सरनासँग रमेशको छमछमी



सरना श्रेष्ठको आवाजमा रहेको नयाँ गीत ‘हिमालको छेउमा’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतको भिडियो सार्वजनिक भएको हो ।

सरना श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडीयोमा रमेश उप्रेती र दिपाश्री निरौला फिचर रहेका छन् । भिडियोमा स्वयम् सरना पनि फिचर रहेकी छिन् ।

सरनाको नै कन्सेप्ट रहेको गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu