विनोद केसीको ‘मखमली’ गीत सार्वजनिक



अभिनेता, निर्देशक तथा गीतकार विनोद केसीको नयाँ आधुनिक गीत ‘मखमली’ सार्वजनिक भएको छ । विनोद केसीको रचना रहेको गीतमा लक्की सिटौलाको संगीत तथा लक्कीका साथमा अञ्जु पन्तको स्वर रहेको छ ।

भावनात्मक तथा सुमधुर शैलीको उक्त गीतले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने तथा दर्शकको साथ र माया पाए आगामी दिनमा आफूले यस्तै खालका सांगीतिक कोसेली दर्शकमाझ ल्याइरहने विनोदले बताए ।

काठमाडौको विभिन्न रमणीय स्थानहरुमा छायाकंन गरिएको उक्त गीतको भिडियोमा मोडलहरु सुदर्शन भट्टराई तथा सगुन शाहीले अभिनय गरेका छन् भने गीतको म्युजिक भिडियो विनोदले नै निर्देशन गरेका छन् । भिडियोमा करण चौसिरको छायाकन तथा राज कुमारको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu