गृहजिल्लामा ‘प्राण भन्दा प्यारो’का नायकले गरे पत्रकार सम्मेलन



pran-vanda-pyaro-press-meetठुलोपर्दा डटकम, गोरखा। असोज चार गते देशैभर एकसाथ रिलिज हुने नेपाली कथानक चलचित्र ‘प्राणभन्दा प्यारो’का नायक बाशु पुडासैनीले आफ्नो गृहजिल्ला गोरखामा पत्रकार भेटघाट कार्यक्रम गरेका छन्। सो कार्यक्रममा चलचित्रकी नायिका अनामिका चौलागाईँको समेत उपस्थिती थियो।

सो पत्रकार भेटघाट कार्यक्रममा चलचित्र बारे जानकारी दिईएको छ । कमलकृष्णको निर्देशन/परिकल्पना रहेको चलचित्र ‘प्राणभन्दा प्यारो’ बाटै डेब्यु पाएका नवनायक बासु पुडासैनी र नवनायिका अनामिका चौलागाईले पत्रकार भेटघाटमा चलचित्रको कथावस्तु र आफ्नो भूमिका बारे जानकारी दिएका हुन् ।

पञ्च परमेश्वर फिल्म प्रा.लि.प्रस्तुतीमा नारी माथी भइरहेको अपराधको कथावस्तु आधारित चलचित्र ‘प्राण भन्दा प्यारो’ नारी प्रधान चलचित्र भएको नायक वासु पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu