आदेश क्षेत्रीको स्वरमा ‘तिमी र म’ (भिडियो)



गायक आदेश क्षेत्रीको स्वरमा रहेको ‘तिमी र म’ बोलको गीतको भिडियो काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ ।

यो गीतका आदेश पौडेलको शब्द तथा संगीत छ । अमेरिका रहँदै आएका आदेशले सानैदेखि गीत-संगीतमा रुची भएकाले आफूले गायन यात्रा सुरु गरेको बताए ।

यो गीतको भिडियोमा प्रेक्षा बज्रचार्य र आदेश क्षेत्रीको अभिनय छ । भिडियोमा आदेश र प्रेक्षा रोमान्टिक अवतारमा देखिएका छन् ।

आचार्यको गोपालको निर्देशनमा तयार भिडियोमा हिमाल शर्माको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन छ ।

आदेशले आफू अब निरन्तर रुपमा सांगीतिक क्षेत्रमा अगाडि बढ्ने पनि बताए । गीत रिलिज कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हेमराज ढकाल, कलाकार उमा गिरी लगायतले शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu