मदनकृष्ण र इन्दिराको ‘ह्यापी हर्ट’



अमेरिकाको मेरिल्याण्डमा कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत सार्वजनिक गरिएको छ । ३० बर्ष अगाडि सबैभन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय (एनपीपीए) को ३० औ बार्षिक तथा नेपाल सम्बत ११४२ समारोहमा उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतमा मदनकृष्ण श्रेष्ठकी छोरी तथा सराना श्रेष्ठको शब्द र निर्देशन रहेको छ । उनकै छोरा यमन श्रेष्ठले गीतमा संगीत भरेका छन् । उक्त गीतमा मदनकृष्णसँगै सराना श्रेष्ठ ,यमन श्रेष्ठ र इन्दिरा जोशीको अभिनय समेत रहेको छ ।

सरानाले उक्त गीत ४-५ बर्ष अगाडि नै लेखेर राखेको र आफू नेपाल गएको बेलामा बुवाको मुख हेर्ने दिन भएकोले दाजु यमनसँग सल्लाह गरेर मन खुसी हुने (ह्यापी हर्ट) उपहार दिने भनेर सल्लाह गरेपछि यो गीत सम्भव भएको बताइन् ।

गीतमा संगीत संयोजन उदय राज पौडेलको रहेको छ भने छायांकन हरि हुमागाईले गरेका छन् । कोरियोग्राफर राजिब समरले गरेका हुन भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu