रोशन र पुजा अभिनित नेपाली गीत ‘रित्तो रित्तो’को भिडिओ सार्वजनिक



काठमाडौं। द डिभाईन म्यूजिकको प्रस्तुतीमा रहेको नेपाली गीत ‘रित्तो रित्तो’को भिडिओ सार्वजनिक गरिएको छ । बिहिवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त गीतको भिडिओ सार्वजनिक गरिएको हो ।

दिग्गज धौलारीको शब्द रचना र अर्जुन पोखरेलको संगीत रहेको गीतमा रोशन अधिकारीको स्वर रहेको छ । पाँच महिना अगाडी मुस्तांगका विभिन्न स्थानमा छायांकन गरिएको भिडिओमा नायिका पुजा शर्मा र गायक अधिकारीको अभिनय रहेको छ । भिडिओका निर्देशक विधान कार्की हुन् भने उत्सव दाहालको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।

पत्रकार सम्मेलनमा संगीतकार अर्जुन पोखरेल, गायक तथा अभिनेता रोशन अधिकारी, निर्देसक विधान कार्की लगायतको उपस्थिती रहेको थियो । नायिका पुजा शर्मा भने कार्यक्रममा उपस्थित भईनन् । गायक अधिकारी संयुक्त राज्य अमेरिका बस्दै आएका छन् । यो गीतका निर्माता पनि अधिकारी नै हुन् ।

संगीतकार पोखरेलले विदेशमा व्यापार व्यावसाय भएता पनि नेपालमा नै गीत संगीतका केहि गर्छु भनि कोहि आउँछ भने त्यो राम्रो कुरा भएको बताए । ‘रोशनजीले गरेको लगानी सुरक्षित कसरी गर्ने भन्ने हाम्रो दायित्वको कुरा हो । उहाँ निकै राम्रो प्रतिभा हो । यसअघि हिट भएको मेरो गीत ‘धर्ती आकाश’को अर्को भागमा पनि उहाँले नै गाउनु हुनेछ । उहाँ जत्तिको प्रतिभामाथी मैले लगानी गर्न डराउँदिन’, पोखरलले बताए ।

गायक अधिकारीले आफु नेपाल बाहिर बसेपनि नेपाली गीत संगीतमा केहि योगदान दिउँ भन्ने चाहना रहेको बताए । दुई बर्ष पहिले पनि नेपाल आएर काम गरेको सम्झँदै गायक अधिकारीले धेरै सिक्न बाँकी रहेको बताए ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu