गायक प्रताप दास र गायिका सुनिता खड्काको आवाजमा रहेको ‘मसानघाट-२’ गीत सार्वजनिक भएको छ । यो गीतको अघिल्लो पार्टलाई दर्शकले निकै रुचाएपछि गीतकार समेत रहेकी गायिका खड्काले गीतको सिक्वेल लिएर आएकी हुन् । गीतमा सुनिताकै शब्द रहेको छ भने जया देवकोटाको संगीत छ ।

केशवराज भट्टको निर्देशनमा तयार भएको मिडियोमा नायक तथा मोडल यशराज गराज, मोडल विकाश लामिछाने र गायिका खड्का स्वयंको अभिनय छ । सूर्य ओलीको निर्माणमा बनेको भिडियोलाई दीपक गिरीले खिचेका हुन् । भिडियोमा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।




