पूजा बनिन् ‘झुम्कावाली’ (भिडियो)



गायक मिलन अर्याल र गायिका मेलिना राइको स्वर, सुजन रेग्मीको शब्द तथा मिलनकै संगीतमा तयार भएको गीत ‘झुम्कावाली’ रिलिज गरिएको छ ।

डान्सिङ नम्बरकोे यो गीतका गायक अर्याल र गीतकार रेग्मी दुबै इन्जिनियर हुन् ।

यो गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको डान्स हेर्न सकिन्छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

भिडियोमा सुबोल थापाको कोरियोग्राफी, वुद्ध थापाको छायांकन, विकास धमलाको सम्पादन छ । भिडियोमा निवेश अर्याल, कृष अर्याल र निकिता तिमिल्सिनाको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu