सारिकाको मायामा डुबे विनोद (भिडियो)



कलाकार विनोद केसीको शब्द रचनामा ‘अदृश्यभित्रको लजावती’ बोलको आधुनिक गीतको म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत रहेको छ ।

प्रेमकहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन् । म्युजिक भिडियोको कथा र निर्दशन पनि विनोदले नै गरेका छन् । केसीले आफ्नो यो पछिल्लो म्युजिक भिडियो राजधानीको वसन्तपर दरबार, रानीपोखरी, धरहराजस्ता पूरातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायाँकन गरेका छन् ।

गीतमा प्रेमीले आफे प्रेम र प्रेमीकाको बयान गर्ने क्रममा भनेका छन् । म्युजिक भिडियोमा किरण चौसिरको छायांकन तथा राज कुमार मगरको सम्पादन रहेको छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu