कपिलको परिवारमा पुर्व पोर्नस्टार लियोन भित्रिँदै



kapil-and-sunny

[dropcap]च[/dropcap]र्चित भारतीय कमेडी कलाकार कपिल शर्माले पुर्व पोर्नस्टार सन्नी लियोनलाई आफ्नो कार्यक्रम ‘कमेडी नाइट्स विथ कपिल’मा ल्याउने भएका छन् । विगत केही समयदेखि आफ्नो कार्यक्रम पारिवारिक कार्यक्रम भएको भन्दै कपिलले सन्निलाई कार्यक्रममा ल्याउन चाहेका थिएनन् । पछिल्लो समय कपिल र सन्नी निकै नजिक हुँदै गएको बताईन्छ ।

आफ्नो नयाँ चलचित्र ‘रागिनी एमएमएस-२’ को प्रमोशनको लागी सन्नी कपिलको चर्चित कार्यक्रममा आउन चाहेकी थिइन् । समाचारका अनुसार कपिलले बिगत केही हप्ता देखि उनको अनुरोध अस्विकार गर्दै आएका भए पनि अन्तत कार्यक्रममा सन्नी आउने नै भएकी छिन् तर कार्यक्रममा सन्नीको साथमा एकता कपुर पनि आउने जनाइएको छ ।

kapil-and-sunny1

स्रोतका अनुसार सन्नी र एकता कपुरले कपिलको साथमा मङ्गलबार नै कार्यक्रमको छायांकन गरिसकेका छन् । कार्यक्रम यही शनिबार वा आइतबार राती प्रशारण हुने जनाइएको छ । सार्वजनिक कार्यक्रममा कमै उपस्थित हुने फिल्मकी निर्मात्री एकता कपुरलाई पनि कार्यक्रमका ल्याउन पाउँदा भने कपिल लगायत उनको टोलि निकै खुसि रहेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu