भुवन केसी र मञ्जु पौडेलले मुम्बईमा के गरे !



bhuwan-KC-manju-Poudelविकाश लामिछाने, मुम्बई। नायक भुवन केसी, गायिका मञ्जु पौडेल र नायिका उमा बेबी एकाएक शुक्रवार मुम्बईमा भेटिए। यहाँ आयोजित एक कार्यक्रममा उनिहरु उपस्थित भएका थिए। एउटै कार्यक्रमा तीनजना कलाकार आउने भएपछी कार्यक्रम हलमा नेपाली दर्शकको निकै घुईँचो लागेको थियो।

गायिका मञ्जु पौडेलले तीजका गीत प्रस्तुत गरेकी थिईन्। सोही क्रममा नायक भुवन केसी र गायिका पौडेलले दोहोरीले सो कार्यक्रमको रौनक बढाएको थियो। पौडेल सो कार्यक्रममा उद्घोषिका समेत रहेकी थिइन्। नायक केसीले आफ्नो हिट चलचित्र ‘म तिमी बिना मरिहाल्छु’को चर्चित गीत ‘घरको याद आयो नी’ गाउँदै स्टेज पुग्दा दर्शकको हुटिङ्ले हल गुञ्जाएमान थियो।

त्यस्तै, सो कार्यक्रममा नायिका उमा बेबीले आकर्षक नृत्य पस्केकी थिइन्। कार्यक्रममा स्थानिय कलाकारका प्रस्तुती पनि देखाईएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu