कृष्ण र समीक्षाको आवाजमा ‘चोलीको तुना’ सार्वजनिक



गायक कृष्ण काफ्ले र गायिका समीक्षा अधिकारीको आवाज रहेको गीत ‘चोलीको तुना’ सार्वजनिक भएको छ । गीतको रचना र लय सिर्जना गायक काफ्ले र राजन कार्कीले गरेका हुन् । गीतमा श्वेत रसाइलीको संगीत संयोजन छ ।

भिडियोमा अहिलेको चल्तीकी मोडल गरीमा शर्मा फिचर्ड छिन् । साथै, उनलाई अभिनयमा रोशन केसीले साथ दिएका छन् । रोशनको यो डेब्यू म्युजिक भिडियो हो । डेब्यू म्युजिकमा नै रोशनको निकै उत्कृष्ट प्रस्तुति रहेको निर्देशक निशान बताउँछन् ।

हरि बहादुर घलेको छायाङ्कन, शिशिर खातीको कोरीयोग्राफी रहेको भिडियोको निर्देशन तथा सम्पादन निशान घिमिरेले गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्सन भने र्याड स्टुडियोमा गरिएको हो ।

राम्रो टिमसँग काम भएको र निकै मेहनत गरिएको कारणले पनि गायक काफ्ले यस गीतप्रति आशाबादी देखिएका छन् । यसअघि उनले ‘पर्ख पर्ख मायालु, देखन चम्पा, तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाँटेर, हाने मैले झटारो, चाखुम चाखुम, माया बस्यो, ताला चाबी’ लगायतका हिट गीतहरू दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu