‘लुम्ले काँडेमा’ गीतमा सुधिर, अनु, करिश्मा र सकुनाको डान्स



गायक कृष्ण केसीले गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीकोे साथमा गाएको ‘लुम्ले काँडेमा’ मा बोेलको गीत रिलिज गरिएको छ । यो गीतमा कृष्ण केसीको शब्द तथा संगीत छ ।

गायक कृष्ण केसी अमेरिकामा रहेर पनि गीत संगीतमा निरन्तर सक्रिय छन् । उनले, यसअघि पनि थुप्रै गीत संगीत सार्वजनिक गरिसकेका छन् । उनले, आफूले नेपाली गीतसंगीतलाई अगाडि बढाउनका लागि प्रयास मात्र गरेको बताए ।

गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैलीमा तयार पारिएकोे छ ।

यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । उनले, भिडियोलाई नयाँ शैैलीमा बनाएका छन् । भिडियोमा मोडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ ।

बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषयलाई भिडियोमा रमाइलो तरिकाले उठाइएको छ ।

मौसम हिमालीको कोरियोेग्राफी रहेको भिडियोेमा अनिल के मानन्धरको छायांकन, प्रविण भट्टकोे सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu