ग्यापु मार्केटप्लेसले टिकटक स्टारहरुलाई सम्मान गर्ने



नेपाली इकमर्स साईट ग्यापु मार्केटप्लेसले टिकटकका स्टारहरुलाई सम्मान गर्ने भएको छ । आइतबार राजधानी स्थित ‘भ्वाईस अफ नेपाल’को स्टुडियोमा हुने कार्यक्रममा फरक फरक विधामा सिर्जनात्मक टिकटक भिडियो बनाउनेलाई सम्मान गर्ने बताइएको छ ।

सामाजिक बिषयवस्तुमा भिडियो बनाउने, फ्यान फलोअर्स राम्रो भएका टिकटक स्टारले सम्मान प्राप्त गर्नेछन् । नेपालमा धेरै कर्पोरेट हाउसले पछिल्लो समय आफ्ना उत्पादन तथा सेवा प्रवर्द्धन गर्न टिकटक स्टारको सहयोग लिने गरेका छन् ।

यस अगाडि ग्यापुले टिकटक च्यालेन्ज समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu