‘उही बाटो’ मा सुधीर र स्मारिका (भिडियो)



काठमाडौं । गायक टिकाराम कट्टेल र गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘उही बाटो ’को भिडियो सार्वजनिक भएको छ । गीतमा रवी मल्लको शब्द, अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको एरेञ्ज र सुमन खड्काको मिक्सिङ तथा मास्टरिङ छ ।

विधान कार्की निर्देशित भिडियोमा सुधीर श्रेष्ठ र स्मारिका ढकालको अभिनय छ । भिडियोमा नबिना थापाको विशेष अभिनय छ ।

हिमालय दृश्य रिसोर्ट धुलिखेलमा छायांकन गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको कला निर्देशन, माधव शर्माको सहायक निर्देशन छ ।

भिडियोका निर्माता गायक टिकाराम कट्टेल नै हुन् । भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu