बिहेले खाईदियो करिनाको क्यारियर



Kareena-kapoor

कुनै बेला बलिउड जिरो फिगरले जादु चलाएकी अभिनेत्री करिन अकपुर बिस्तारै कामबिहिन हुन थालेको चर्चा बलिवुडमा चल्न थालेको छ ।  करिना कपुरका चलचित्रहरु आउन छाडेका छन् भने अफर पनि पाउन छोडेको चर्चा छ । हुन त उनको चलचित्र ‘शुदी’को बिषयमा चर्चा सेलाएको छैन ।

निक्कै रस्साकस्सी पछि शुदी छोडेकी उनको अर्को चलचित्र समेत हातबाट फुत्केको चर्चा छ । शुदी पछि उनले देव बेनेगलको बंगाली चलचित्र बाम्बे समुराई खेल्ने चर्चा चलेपनि यो चलचित्रबता पनि उनि बाहिरिने खतरा बढेको छ । फरान अख्तरसँग जोडी बनेर यो चलचित्र खेल्न लागेकी उनको हातबाट यो चलचित्र खेल्न लागेकी उनको हातबाट फुस्के सँगै उनले यो बर्ष केवल एउटा मात्र चलचित्र खेल्ने देखिएको छ ।

अब यो बर्ष उनि अजय देवगणसँग ‘सिंघम २’ मा मात्र देखिने छिन् । चलचित्र पनि फ्लप हुँदै जानु र नयाँ चलचित्र हात पर्न छोडेपछि करिना कपुर बिवाहपछि फ्लप हुन थालेको चर्चा चल्न थालेको छ । यस्तै अवस्था रहे उनि चलचित्र क्षेत्रबाटै बाहिरिनु पार्ने खतरा रहेको बिश्लेषकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu