सम्झना र राजनराजको स्वरमा ‘नाचम नाचम’ (भिडियो)



लामो समयदेखि अमेरिकामा बस्दै आएकी गायिका सम्झना पाण्डेको नयाँ गीत ‘नाचम नाचम’ को भिडियो सार्वजनिक गरिएको छ। हाँस्य सम्राट मदन कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा राजधानी काठमाडौँ एक सिनेमा हलमा भिडियो प्रिमियर गरिएको हो ।

डान्सिङ्ग नम्बरमा सम्झना पाण्डे र राजनराज शिवाकोटीको स्वर रहेको छ । सार्वजनिक गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ । राजन इशानको संगीत संयोजन रहेको गीत पार्टी तथा बिभिन्न सांस्कृतिक कार्यक्रममामा बज्ने खालको बनेको छ ।

बाल्यकालदेखि नै गायनमा रुचि राख्ने पाण्डेले यसअघि आफ्नो स्वरमा ४ वटा गीत सार्वजनिक गरि सकेकी छन् । अमेरिका बसे पनि नेपाल र नेपाली गीत संगीतलाई माया गर्ने पाण्डेले यस पटकको नेपाल बसाईमा तिन वटा गीत र भिडियो निर्माण गरेकी छन् । उनि पेशाले नर्स हुन् ।

राहुल शाहले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा गम्भीर बिस्ट, सम्झना पाण्डे, राहुल शाह, साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन् । हरी हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

भिडियो प्रिमियरमा गायिका पाण्डेको अर्को भिडियो पनि देखाइएको छ। अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायाँकन,विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu