आत्मविश्वास नै क्यान्सरलाई जित्ने बलियो उपाय: मनिषा कोइराला



manisha-koiralaश्यामसुन्दर गिरी, काठमाण्डौ। दश महिनाअघि क्यान्सरको विरामी भएपछि अभिनेत्री मनिषा कोइराला कुनै पनि सार्वजनिक समारोहमा देखा परेकी थिईनन् । क्यान्सर विशेषज्ञ डाक्टरहरुको एक अन्तर्राष्ट्रिय कार्यक्रममा शुक्रबार उनी प्रमुख अतिथी बनेकी छिन् ।

अमेरिकामा क्यान्सरको आठ महिने लामो उपचार गराएर दुई महिनाअघि मात्र मुम्बई फर्केकी मनिषा काठमाडौंको याक एण्ड यती होटलमा शुरु भएको सो कार्यक्रमको सन्दर्भमा अहिले उनी काठमाडौ छिन् । बिनयतारा फाउण्डेशनले आयोजना गरेको ‘इन्टरनेशनल कन्फरेन्स अन एडभान्सेस इन हेमाटोलोजी म्यालिग्नसिज’ को प्रमुख अतिथि मनिषा क्यान्सर रोगबारे चेतना अभियानमा सघाउ पुग्ने उद्देश्यले कार्यक्रममा सरिक भएकी हुन् ।

क्यान्सरहुनु पूर्व जसरी कार्यक्रममा सहभागी हुने गर्थिन यसपाली त्यो भन्दा थोरै फरक थियो तर उनको सदावहार मुस्कानमा भने कमी थिएन उनी कालो चस्मा, छोटो कपाल र रातो पहिरनमा उपस्थित थिईन । कार्यक्रममा आफुले क्यान्सरबाट भोगेको तितो यथार्थ पनि सुनाईन् ।

‘आफ्नो आत्मबिश्वासले म क्यान्सरविरुद्ध लड्न सफल भएकी छु’ मनिषाले भावुक मुद्रामा भनिन्- ‘अस्पतालको बेडमा रहँदा मैले जीवनलाई धेरै नजिकबाट बुझ्ने मौका पाएँ । मृत्युलाई नजिकबाट देखें त्यसैले अब क्यान्सर पीडितको अभियानमा अहोरात्र लागिपर्नेछु र जनचेतना जगाउनेछु’ मन्तव्यकै क्रममा मनिषाले भनेकी छिन् ‘क्यान्सर आफैंमा ठूलो रोग हैन ।’ उनले क्यान्सरको नाम सुन्ने बित्तिकै नडराउन पनि आग्रह गरेकी छिन् ।

गत मंसिरमा काठमाडौंमा विरामी परेपछि मनिषालाई मुम्बईको जसलोक अस्पताल लगिएको थियो । अस्पतालले पाठेघरको क्यान्सर किटान गरेपछि थप उपचारका लागि अमेरिकाको न्यूयोर्कस्थित मेमोराइज स्यालोन अस्पताल लगिएको थियो र आठ महिनाको उपचारपछी उनी पहिलो पटक नेपाल आएकी हुन् ।
(तस्विर सौजन्य: वलिउड लाईफ)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu