‘यो जीवन मिठो’ गीतमा भुवन र अन्जलीको प्रित (भिडियो)



कृष्ण काफ्ले र रीता केसीको स्वर रहेको ‘यो जीवन मिठो…’ गीतको भिडियो रिलिज गरिएको छ । गीतको भिडियोलाई सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरिएको हो । गीतलाई सुदन डोटेलले लेखेका हुन् । गीतमा सरोज प्याकुरेलले संगीत र मनोहर सुनामको संगीत संयोजन छ ।

अमेरिकामा बसेर पनि म्युजिक भिडियो, लघू चलचित्र तथा लोक दोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोलाई अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा खिचिएको छ ।

गीतको भिडियोमा युगल जोडीको प्रेमलाई प्रस्तुत गरिएको छ । जसमा मोडलको रुपमा भुवन लोहनी र अन्जली दियाली प्रस्तुत छन् । अक्की शर्माले खिचेको गीतको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । जसमा रंग संयोजन रेनिश फागोको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu