मनोजराजको ‘म मरे भने’ गीतमा आमेशको मनछुने अभिनय



गायक मनोजराज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरे भने’ बोलको गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ । कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको भाव अनुसार तयार पारिएको छ ।

भिडियोमा अभिनेता आमेश भण्डारीले मनछुने अभिनय गरेका छन् । भिडियोले दर्शक/श्रोताको मन छुनेमा निर्माण पक्ष आशावादी रहेको छ । इन्दु दनुवारले पनि भिडियोमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरेकी छन् । अनुभवी निर्देशक कृष्ण पौडेलले गरेको मेहनत भिडियोमा देखिन्छ ।

सुजन श्रेष्ठले छायांकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा आमेश भण्डारी, इन्दु दनुवार, मिलन दाहाल र अशोक रोक्का फिचर्ड छन् । भिडियो इन्दु दनुवार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu