शानको संगीतमा भारतिय गायक अनुग्रहले गाए नेपाली गीत ‘नशा’ (भिडियो)



अमेरिकाको डलासमा छायांकन भएको नेपाली गीत ‘नशा’को भिडियो रिलीज भएको छ । शान भुसालको शब्द तथा संगीतमा बनेको यस गीतमा भारतका प्रसिद्द गायक अनुग्रह बिष्टको स्वर रहेको छ । ‘नशा’को रेकर्डिंग मुम्बईको बी.बी.जे. स्टुडियोमा भएको थियो ।

लुसेन्ट फिल्मको ब्यानरमा निर्मित गीतको भिडियोका निर्देशक बिकास बराईली हुन् भने सह निर्देशक प्रज्ज्वल वाईवा हुन् । भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दिपेश आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन तथा सम्पादन समेत निर्देशक बराईलीले नै गरेका छन् ।

‘नशा’को भिडियोमा एलेक्सजेन्ड्रीया पास्कुसी

गीतको भिडियोलाई ‘म्यूजिकल फिल्म’को रुपमा एक कथा सहित उतारिएको संगीतकार भुसालले बताए । भिडियोमा एक युवकको कारण पतिपत्निको सम्बन्धमा आएको समस्या र त्यसबाट घटेको घटनाको कथा देखाईएको छ ।

संगीतकार भुसालले ‘जदौ’ नामक चलचित्रमा समेत संगीत दिएका छन् ।


भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu