सिडीको तिमीसँगमा राजु र निश्मा



रियालिटी शो भ्’वाईस अफ नेपाल’का प्रथम विजेता सिडी विजय अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘तिमीसँग छुट्टिएर…’को भिडियो रिलिज भएको छ ।

गीतको भिडियोलाई अमेरिकामा छायांकन गरिएको छ । आधा दशकदेखि अमेरिका बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले अमेरिकाको लेक्सिन्टन क्षेत्रमा छायांकन गरेर त्यहींबाट यो भिडियो रिलिज गरेका छन् ।

गीतको भिडियोमा राजु भण्डारी र निश्मा चापागाईंको अभिनय रहेको छ । यो गीतलाई कल्पना पाठकले लेखेकी हुन् । गायक सिडी विजयले नै यो गीतमा संगीत गरेका छन् ।

यो गीतको भिडियोलाई छायांकन तथा सम्पादन अक्की शर्माले गरेका हुन्, जसमा भुपेन्द्र अधिकारीको मिक्सिङ, रेनिश फागोको रंग संयोजन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu