येदीन र अनुपको ‘पन्चेबाजा बजाउँदै’



गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत ‘पन्चेबाजा बजाउँदै’को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको शब्द तथा संगीत सृजना रहेको छ ।

विवाहको माहोल सुरु भए लगत्तै बजारमा ल्याइएको गीतले दर्शक श्रेताको मन छुनेमा आँफु विश्वस्त रहेको गीतकार तथा संगीतकार येदीनले बताए ।

गीतमा पछिल्लो पुस्ताका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन् । पुष्कर सुनुवारको एरेन्ज रहेको गीतमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu