केशव साथमा नहुँदा उषालाई निन्द्रै लाग्दैन (भिडियो)



गायिका रचना रिमाल र गायक सन्तोष रुचालको स्वरमा रहेको ‘निन्द्रै लाग्दैन’ बोलको गीत सार्वजनिक भएको छ । डान्सिङ नम्बरको गीतमा हरी प्रसाद गौतमको शब्द रचना रहेको छ भने गायक सन्तोष रुचाल स्वयंको संगीत छ ।

माइकल चन्दको निर्देशनमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र केशव भट्टराईको साथमा केवी डान्स क्रियूको नृत्य छ । भिडियोमा उषाले केशवको साथ विना आफूलाई निन्द्रै नलाग्ने कुरा गरेकी छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ ।

सिलन लम्सालको सम्पादन र कलर रहेको गीतको भिडियोलाई सागर पौडेलले खिचेका हुन् । अडियो र भिडियो उत्कृष्ट बनेकाले ‘निन्द्रै लाग्दैन’ ले दर्शकको साथ पाउनेमा गायक तथा संगीतकार रुचाल आशावादी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu