‘झम्के साँझैमा’ गीतमा रुविना र सन्जिवको छमछमी (भिडियो)



गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘झम्के साँझैमा’ बोलको लोक तथा दोहोरी गीतमा अमृत खातीको शब्द रचना तथा संगीत रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको गीत रमाइलो बनेको छ ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायाँकन र अमृत चापागाईंको सम्पादन रहेको छ । भिडियोमा सन्जिव ठकुरी र रुविना अधिकारी फिचर्ड छन् । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu