प्रिन्स र रोशनीको प्रेममा जात तगारो (भिडियो)



ध्रुव विस्को र सारिका घिमिरेकोे स्वरमा रहेको ‘जित्यो मायाले’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार सारिकाले गीतमा प्रयोग गरेका शब्द र संगीतकार विस्कोले तयार पारेकोे संगीतले दर्शकको मन छुन्छ ।

भिडियोमा दिनेश डीसी, प्रिन्स विश्वकर्मा, रोशनी कार्की, रश्मी भट्ट, रमेश चन्द सोेडारी, अनु पराजुली र बलराम परियारको अभिनय छ । भिडियोेमा नायक पुष्प खड्काको पनि विशेष भूमिका हेर्न सकिन्छ । पुष्पको सायरीबाट नै भिडियोकोे सुरुवात गरिएकोे छ ।

भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाँइको छायांकन, दिन्सन शाहको सम्पादन छ । गायक तथा संगीतकार ध्रुवले नै यो भिडियोको निर्देशन गरेका हुन् । प्रेमी प्रेमिकाको सम्बन्धमा जातका कारण आएको विभाजन र त्यसले निम्त्याएको परिणामको कथामा गीत आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu