आयो डब्बु र सानुबाबुको ‘तिम्रो याद’ (भिडियो)



मुलुकमा कोरोना महामारी बढे पनि गीत संगीत रिलिजको क्रम रोकिएको छैन । यसै क्रममा नयाँ गजल ‘तिम्रो याद’ को भिडियो सार्वजनिक भएको छ । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत संगीतकार जुगल डंगोलले दिएका छन् ।

गजललाई गजलकार डब्बु क्षत्रीले लेखेका हुन् । उनका झरी, गुवाली स्वरहरु जस्ता गजल संग्रह नै छन् । युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गजलकार डब्बु क्षत्रीले बताएका छन् । यो गजलको भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।

डब्बु क्षत्रीले यसअघि झरी सम्बन्धि सबै गजल समेटेर गजल संग्रह ‘झरी’ बजारमा ल्याएका थिए । जसमा आधा दर्जन गजल थिए । त्यसपछि उनले ल्याएको अर्को गीत तथा गजल संग्रह ‘गुलावी स्वरहरु’ मा पनि केही गजलहरु छन् । गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जितेका डब्बु क्षत्री नयाँ गजल ‘तिम्रो याद’ बाट पनि निकै आशाबादी छन् ।

गीतको भिडियोमा कलाकार निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन् । यो गजलको भिडियोलाई मिलन शंकरले खिचेको हुन् । जसमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन’ को रंग संयोजन रहेको छ । भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu