‘मायाको भोको’ गीतमा स्मारिका र समारिकासँग बले र कक्रोजको रोमान्स



गायक मदन थापा र गायिका विन्दू परियारको स्वरमा रहेको ‘मायाको भोको’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा गायक थापा स्वयंका शब्द तथा संगीत रहेको छ ।

गीतको भिडियोमा सागर लम्साल ‘बले’, हरी निरौला ‘कक्रोज’ सँगै ट्विन्स दिदी बहिनी स्मारिका र समारिका ढकालले अभिनय गरेका छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । राजिव समरको निर्देशन रहेको गीतको भिडियोलाई पवन सुशीलिङले खिचेका हुन् । भिडियो ‘बले इन्टरटेन्मेन्ट’ नामक यूट्युब च्यानलमा सार्वजनिक भएको छ ।

यसअघि ट्विन्स दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडासँग लगातार म्यूजिक भिडियोमा काम गरेका सागर लम्सालले प्रिज्मासँग प्रेममा ब्रेकअप भएपछि स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् ।

गीत सार्वजनिक कार्यक्रममा प्रिज्मा र प्रिन्सीसँग सहकार्य टुटेको हो भन्ने प्रश्नमा सागरले भने- ‘हिजोका दिनमा केही भिडियो प्रिज्मा र प्रिन्सीसँग गर्दा अरुलाई नलिने हो भनेर प्रश्न आउने गरेको थियो । अहिले नयाँ टिमसँग काम गर्दा पनि प्रिज्मा र प्रिन्सी खोइ भनेर प्रश्न आउने गरेको छ ।’ सागरले प्रिन्सी आफ्नो मिल्ने साथी रहेको बताए ।

गीत सार्वजनिक कार्यक्रममा मोडल स्मारिकाले आफूहरु कलाकार भएकाले टिम र गीत हेरेर काम गर्ने गरेको बताइन् । कामबाट नै आफूहरुले क्षमता देखाउने उनको भनाई छ । गीत र टिम राम्रो भएकाले सागर लम्सालको टिमसँग सहकार्य गरेको उनी बताउँछिन् । समारिकाले पनि आफूहरुलाई कामसँग मात्र मतलब हुने भएकाले अरु कुरामा वास्ता नगर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu