आर्यनले दिए रुविनालाई मुटु चलाउने ठेक्का (भिडियो)



काठमाडौँ । गायक क्षितिज सापकोटा र गायिका स्वेच्छा ठकुरीको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘करोडौँमा’ बोलको गीतमा शब्द रचना गायक स्वयम् क्षितिज सापकोटाको रहेको छ भने संगीत अर्जुन पोखरेलको रहेको छ ।

परदेशमा रहेर पनि निरन्तर नेपाली गीत संगीतमा सक्रिय क्षितिज सापकोटाको यसअघि ‘चाहिँदैन तिमी बिनाको सुनैको दरबार’ ले दर्शकको राम्रो माया पाएको थियो । सापकोटाको ‘भुल, निम्तो माखे साङ्ग्लो, सिरुपाते कम्मर, किराना पसल’ जस्ता गीतहरु सार्वजनिक भइसकेका छन् । सापकोटा लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएपनि निरन्तर नेपाली गीत संगीतमा सक्रिय छन् ।

सार्वजनिक भिडियोमा शिशिर खातीको निर्देशन र आरजु बैजुको कोरियोग्राफी रहेको छ । भिडियोमा आर्यन सिग्देल र रुबिना थापा फिचर्ड छन् । रबिन्द्र बरालले छायांकन गरेको भिडियोमा मनोज कार्कीले सम्पादन र राजेन्द्र मोक्तानको कलर संयोजन रहेको छ । भिडियो फोरबि इन्टरटेन्टमेन्टको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu