सुमनको लघु चलचित्र ‘शंका’ रिलीज



काठमाडौं। अमेरिकामा रहेका सुमन दाहालको निर्देशनमा बनेको लघु चलचित्र ‘शंका’ निर्माण गरिएको छ । यो चलचित्र ईन्टरनेटमा रिलीज भएको छ । यसमा श्रीमान श्रीमती बिचमा हुने शंकाले कस्तोसम्म अवस्था निम्ताउँछ भन्ने देखाउन खोजिएको निर्देशक दाहालले बताए ।

दाहालले भने, ‘हामीले पारिवारिक समस्याको बिषयलाई उठाएर शिक्षा र चेतना फैलाउन मद्दत गर्ने लघु चलचित्र बनाएका छौ ।’ यो चलचित्रको छायांकन अमेरिकाको दक्षिणपुर्वी राज्य केन्टकीको लेक्सिनटन शहर र यस आसपासमा गरिएको छ । चुडामणी अवस्थी, सविता चैलागाइ केसी, बिष्णु डुम्रे , भुवन लोहनी, सन्दिप अर्याल लगायतले ‘शंका’मा अभिनय गरेका छन् । यसमा चुडामणी अवस्थीको कथा रहेको छ । अमेरिका नै रहने अक्की शर्माले यसको छायांकन गरेका छन् ।

चलचित्रको पोष्ट प्रोडक्शनको काम भने नेपालमा नै भएको छ । यसमा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर ग्रेडिंग, मुकेश शाहको साउण्ड मिक्सिंग तथा एलिस कार्कीको पार्श्र्व संगीत रहेको छ । यसमा सुदन डोटेल र सरोज प्याकुरेलले शबटाइटल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu