परदेशिएका युवाको पिडामा ‘बिरानो देश’ (भिडियो)



गुजारा चलाउन आफ्नो घर, देश र परिवार छाडेर परदेशिएका युवाहरुको पिर र व्यथा समेटेर तयार पारिएको गीत ‘बिरानो देश’ सार्वजनिक भएको छ ।

परदेशिएका पति र स्वदेशमा रहेकी पत्नीको कस्तो मनोभाव र मनोदशा रहन्छ भन्ने गीतमा सुन्न सकिन्छ । गीतमा परदेशमा पुगेका एक युवाले आफ्नो देश र परिवार सम्झेर जीवन नै गुमाउने डर बीचमा बिताइरहेको जीवन दर्शाइएको छ ।

ड्रिप चाम्लिङ्गले लेखेका शब्दमा विश्व नेपालीको आवाज र सुरेश अधिकारीको संगीत रहेको छ। राजेश पूमा राईले भिडियो निर्देशन गरेका छन् । भिडियोमा सनम कठायत र रोशनी कार्कीको अभिनय रहेको छ भने उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu