डा. भट्टराई भन्छन्, ‘प्रकाश सपुतलाई नसरापौं, तीतो सत्य स्वीकारौ’



काठमाडौं। हालै सार्वजनिक भएको गायक प्रकाश सपुतको ‘पिर’ नामक गीतको भिडियोलाई लिएर माओवादी वृत्तमा तरंग पैदा भएको छ । केहि माओवादी नेताहरुले प्रकाशले उक्त गीत हटाई माफी माग्नुपर्ने अन्यथा कारबाहीको भागिदार हुनुपर्ने अभिव्यक्ति दिईरहेका छन् ।

भिडियोमा देखाईएको जस्तो जनयुद्ध लडेका महिलाको अपमान भएको तितोसत्य भएको र यसलाई स्विकार्नुपर्ने केहि नेताहरुले बताएका छन् । सामाजिक सन्जाल पक्ष विपक्षका टीप्पणीहरुले तरंगीत बनेका छन् । यसैबीच जनयुद्धकै एक शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै अनुसन्धानको क्रममा आफुले ‘महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य रहेको, हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दै गरेको’ प्रत्यक्ष बुझेको बताएका छन् ।

उनले लेखेका छन्, ‘‘तथ्यबाट सत्य खोज’मार्क्सेली चिन्तनपद्धतिले भन्छ । अनुसन्धानको क्रममा मैले प्रत्यक्ष बुझेको छु – महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य छन । हिजो जनमुक्तिकानिम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् ! तीतो सत्य स्वीकारौं; समाधान खोजौं; प्रकाश सपुतलाई नसरापौं !’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu