लुकी लुकी’ गीतमा आँचलसँग राज-डेलविसको रोमान्स



गायक धिरज राईको सुपरहिट गीत ‘लुकी लुकी’ २५ बर्षपछि भिडियोमा फेरि सार्वजनिक गरिएको छ । धिरज राईको स्वर, शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा नायिका आँचल शर्माको साथमा दुई कलाकार राज र डेलविसको डान्स हेर्न सकिन्छ ।

ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको गीतको भिडियोमा उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै धिरजले भने–‘मलाई दर्शकले सधै गीतको भिडियो बनाउन भन्नुहुन्थ्यो । युट्युबमा गएर गीत खोज्दा २५ बर्ष अगाडिको पुरानो भिडियो मात्र देखिन्थ्यो । अहिले गीत हेर्ने पनि जमाना भएकाले भिडियो बनाउने निर्णय गरेको हुँ ।’

कार्यक्रममा बोल्दै नायिका आँचल शर्माले आफूले सानैबाट सुन्दै आएको हिट गीतमा काम गर्न पाउने खुशीको कुरा भएको बताइन् । निर्देशक माइकल चन्दले पनि यो गीतको भिडियो निर्देशन गर्न पाउनु आफ्ना लागि चुनौती र अवसर दुबै भएको सुनाए । कार्यक्रममा शुभकामना दिम्दै नायक शिव श्रेष्ठले एउटा सफल गीतमा कलाकारहरुले उत्कृष्ट काम गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu