स्वरूपको स्वर र राजेशको अभिनयमा ‘बिरानो शहरमा’



काठमाडौं। ‘बिरानो शहरमा’ बोल को गीत रिलिज गरिएको छ । गीत शान्ति शर्मा अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गजलकार शान्ति शर्माले कोरेको शब्दमा गायक स्वरूपराज आचार्यको सुमधुर आवाज सुन्न सकिन्छ ।

गीतमा वरिष्ठ सङ्गीतकार दीपक जङ्गमको लय सिर्जना, देवेन्द्र नेवाको सङ्गीत संयोजन समावेश छ । प्रकाश मिश्रले गीतको मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन् ।

भिडियोलाई निर्देशक निशान घिमिरेले निर्देशन गरेका हुन् । प्रेम, मिलन र बिछोडका विषयवस्तुलाई कलात्मक रूपमा उतारिएको भिडियोमा महानायक राजेश हमाल, सर्जक स्वयं शान्ति शर्मा, सुशीला थापा, रोहित बस्नेत र नारायण अधिकारीको अभिनय रहेको छ । मुकेश हुमागाईँले खिचेको भिडियोलाई निर्देशक स्वयमले सम्पादन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu