प्रमोद र अस्मिताको गीत ‘नौलाख तारा’ रिलीज, सन्दिप र लोसिनाको रोमान्टिक अभिनय (भिडियो)



काठमाडौं। गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’को भिडियो रिलीज भएको छ । प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ ।

शान थापाको निर्देशनमा बनेको भिडियोमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको साथमा बालकलाकार सायरा भट्टराई लगायतको अभिनय रहेको छ । भिडियोमा पिताको डायरी हेरेपछि त्यहाँ गीत भेटेको र त्यहि गीत विद्यालयमा गाएको छोरीले बताएपछि श्रीमतीसँग प्रेम हुँदाको बखत याद गरिएको कथा देख्न सकिन्छ ।

भिडियोका छायाँकार बुद्द थापा हुन् भने सम्पादन तथा कलर ग्रेडिंग सुप्रिम पराजुलीले गरेका छन् । यो गीत ‘गोल्डेन हार्ट पिक्चर्स’ नामक यूट्युब च्यानल मार्फत रिलिज गरिएको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu