ओस्कार अवार्डमा विल स्मिथ र जेसिका चेस्टेइन उत्कृष्ट अभिनेता-अभिनेत्री



नेपाली समयअनुसार सोमवार विहान क्यालिफोर्नियास्थित लस-एन्जल्सको डल्बी थिएटरमा भएको ओस्कार अवार्डमा ‘किङ रिचर्ड’ बाट विल स्मिथ र ‘द आइज अफ ट्यामी फेइ’ बाट जेसिका चेस्टेइनले उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड जितेका छन् । त्यस्तै, ‘कोडा’ ले बेष्ट चलचित्रको अवार्ड जित्न सफल हुँदा ‘द पावर अफ द डग’ बाट जेनी क्याम्पियनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड उचालिन् ।

चलचित्र ‘ड्युन’ले ध्वनी, छायांकन, प्रोडक्सन डिजाइन, भिजुअल इफेक्ट, सम्पादन, ओरजिनल स्कोर गरी सर्वाधिक ६ विधामा अवार्ड जितेको छ । पपुलर भोटिङको आधारमा ‘फ्यान फेवरेट’ विधामा ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ सर्वोत्कृष्ट बन्यो । ट्वीटरमार्फत यो विधामा भोटिङ भएको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट बन्न सफल भएको छ ।

कोरोना महामारीपछि रेड कार्पेटसहित भौतिक रुपमा आयोजना भएको ९४औं ओस्कार अवार्ड समारोहमा कुटाकुट समेत भएको थियो । कार्यक्रमको होस्ट रहेका क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केटको मजाक उडाएपछि विलले स्टेज चढेर क्रिसलाई थप्पड हानेका थिए । विल स्मिथले आफ्नो करिअरमा पहिलो पटक अस्कार अवार्ड जित्न सफल भएका हुन् ।

ओस्कार अवार्ड विजेताको सूची :-

फिल्म : कोडा

निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)

अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)

अभिनेता : विल स्मिथ (किङ रिचर्ड)

सह-अभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)

सह-अभिनेता : ट्रोइ कोत्सर (कोडा)

सम्पादन : ड्युन (जोए वाकर)

मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे

एनिमेटेड फिचर : एनकान्टो

डकुमेन्ट्री फिचर : समर अफ सउल

डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल

ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)

छायांकन : ड्युन (ग्रेड फेइजर)

अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)

प्रोडक्सन डिजाइन : ड्युन

भिजुअल इफेक्ट :मनो ड्युन

कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)

ध्वनी : ड्युन

ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)

एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)

ओरजिनल स्क्रिननप्ले : केनेथ ब्रानग (बेलफास्ट)

एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर

लाइभ एक्सन सर्ट : द लङ गुडबाइ

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu