‘ब्याण्ड च्याम्पियन नेपाल’को होस्टमा संजोगको इन्ट्रि



काठमाडौं। ब्याण्ड च्याम्पियन नेपालको टप टेन राउण्डबाट होस्टको रुपमा संचारकर्मी संजोग बस्यालको इन्ट्रि भएको छ । यसअगाडि मेघा श्रेष्ठ एकल होस्ट थिईन् । अब श्रेष्ठसँगै ब्याण्ड च्याम्पियन नेपालका आगामी शोहरुमा बस्याल देखिनेछन् ।

आयोजकले बस्यालको इन्ट्रिसँगै ब्याण्ड च्याम्पियन नेपालको हाइप अझै बढ्ने र शो भव्य हुने विश्वास राखेको छ । मि टिभीको प्रस्तुतीमा ‘द लास्ट फ्राइडे इभेन्ट्स’ले निर्माण गरेको यस शो का निर्देशक मोहनराज अधिकारी हुन् । ‘ब्याण्ड च्याम्पियन नेपालको पहिलो सिजनलाई धमाकेदार बनाउनका लागि उत्कृष्ट १० देखि हामीले अर्का सुप्रिय होस्टलाई भित्राएका छौँ ’, अधिकारीले भने, ‘होस्टको रुपमा संजोग बस्यालको इन्ट्रिले हामीलाई अझै बढि जोश थपेको छ ।’

संजोग बस्याल रियालिटी शो को होस्टको रुपमा चल्तीको नाम हो । उनले यस अगाडि नेपाल टेलिभिजनबाट प्रशारित गायन रियालिटी शो ‘नेपाल स्टार’को होस्टको रुपमा काम गरिसकेका छन् । पोखराको बिग एफएमले आयोजना गर्ने चर्चित गायन रियालिटी शो ‘बिग आइकन’को होस्टको रुपमा पनि उनले लामो समय काम गरेको अनुभव छ । बिग आइनको सातौँ सँस्करणसम्म उनै बस्यालले होस्टको रुपमा काम गरेका थिए । हाल उनी रेडियो कान्तिपुरमा पनि कार्यक्रम संचालकको रुपमा कार्यरत छन् ।

‘ब्याण्ड च्याम्पियन नेपालसँग जोडिएर काम गर्दा मलाई गज्जबको अनुभूती भएको छ । भव्य रुपमा संचालनमा आईरहेको कार्यक्रममा आफूलाई होस्टको रुपमा पाउँदा मलाई अझै निखारिने मौकासँगै चुनौती पनि थपिएको छ’, बस्यालले भने, ‘शो लाई जतिसक्दो राम्रो बनाउन मेरो सकेसम्मको उर्जा लगाउने छु ।’

रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’मा नेपालका थुप्रै ब्याण्डहरु प्रतियोगीको रुपमा सहभागी छन् । यो शो को निर्णायकको रुपमा चर्चित गायक रबिन तामाङसहित ज्योति घिमिरे र देव राणा रहेका छन् । रियालिटी शो ‘ब्याण्ड च्याम्पियन नेपाल’ हरेक हप्ताको शुक्रबार र शनिबार एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu