राजधानीमा चलचित्रकर्मी तथा सञ्चारकर्मी सम्मानित (फोटो फिचर)



nisha-sammanबैकुण्ठ पराजुली, काठमाण्डौ। नेपाल चलचित्र कलाकार संघले आफ्नो १२ औं साधारणको अवसरमा शनिवार राजधानीमा एक कार्यक्रम गरि बिभिन्न चलचित्रकर्मी तथा चलचित्र क्षेत्रमा कलम चलाईरहेका सञ्चारकर्मीलाई सम्मान र पुरस्कृत गरेको छ ।

संघको स्थापनाको २६ बर्ष पुगेको अवसरमा अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको हातबाट बिभिन्न व्याक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा ‘नेपाल चलचित्र कलाकार संघ पुरस्कार २०७०’ बाट अभिनेता कृष्ण मल्ललाई ५१ हजार १ रुपैयाँ राशीको र १५ हजार १ रुपैयाँ राशीको ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार २०७०’ बाट कलाकार मिथिला शर्मालाई पुरस्कृत गरियो ।

संघले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने नायक अर्जुन कार्की र नायिका निशा अधिकारीलाई ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान २०७०’ बाट सम्मानित गरेको छ ।

‘नेपाल चलचित्र कलाकार संघ नवप्रतिभा सम्मान २०७०’ हाँस्य कलाकार विल्सनविक्रम राईलाई र ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान’बाट कलाकार राजाराम पौडेल, सुशील पोखरेल र श्रीराम पुडासैनी सम्मानित भएका छन् ।

साथै, नेपाली रंग पत्रकारितामा दिएको योगदानको कदर गर्दै सञ्चारकर्मीद्वय कृष्ण भट्टराई र दिपेशराज थारूलाई ‘नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७०’ बाट सम्मानित गरिएको छ ।
सम्मानित व्याक्तित्वहरुका अन्य तस्विरहरु:


प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu