४२ विधामा ‘योङ माईन्ड इन्टरटेनमेन्ट अवार्ड २०१२’ सम्पन्न



काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘योङ माईन्ड इन्टरटेनमेन्ट अवार्ड २०१२’ सम्पन्न भएको छ । योङ माईन्ड इन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा यो अवार्ड सम्पन्न भएको हो । विभिन्न ४२ विधामा प्रदान गरिएको छ ।

अवार्ड समारोहमा अग्रज गीतकार तथा गायक प्रेम प्रकाश मल्ललाई प्रदान गरियो । नेपाली संगीत क्षेत्रमा पाँच दशक भन्दा लामो समय देखि निरन्तर योगदान दिएको भन्दै उनलाई लाईफ टाईभ एचिभमेन्ट अवार्ड प्रदान गरिएको आयोजक पक्षले जनाए ।

विकाश सुवेदी र मधु नेपालले सञ्चालन गरेको सो कार्यक्रम चलचित्र संगीतको अवार्ड चलचित्र विन्दासको ‘बाटो मोडेर गयौ…’ गीतबाट अर्जुन पोखरेलले पाए ।

यस्तै, आधुनिक गीत तर्फ गायकको अवार्ड मनोज राजले ‘पानीको फोका …’ बाट र गायिकाको अवार्ड यही गीतबाट रजिना रिमालले प्राप्त गरिन् । आधुनिक गीत तर्फ नै संगीतकारको अवार्ड शिखर सन्तोषले हाँसिल गरे ।

अवार्ड समारोहमा लोक दोहोरी विधा तर्फ उत्कृष्ट लोकदोहोरी गीत गायकको अवार्ड कुलेन्द्र विकले ‘हाँस्न सिकायौ …’ बाट, लोकदोहोरी गायिकाको अवार्ड ‘हजार जुनी जुनी …’ बाट टिका पुनले पाए । ‘हजार जुनी जुनी …’ बाटै नव गायकको अवार्ड मौसम गुरुङले प्राप्त गरे । यस्तो लोक दोहोरी गीत म्युजिक भिडियो मोडल महिलाको अवार्ड ‘तिम्रो फोटो हजार …’ बाट शिल्पा पोखरेलले र पुरुषको अवार्ड दीपेश थापाले प्राप्त गरे ।

योङ माईन्ड इन्टरटेनमेन्ट अवार्ड समारोहमा पप तर्फ गायकको अवार्ड नविन के भट्टराईले र पप गीत गायिकाको अवार्ड आस्था राउतले जिते । कार्यक्रममा आधुनिक तथा पप गीतबाट भिडियो निर्देशकको अवार्ड ‘टुक्रा पर्न मिल्ने भए मुटु …’ गीतको भिडियोबाट उमेश गुरुङले प्राप्त गरे । यस्तै पुरुष मोडलको अवार्ड ‘फिका फिका …’ गीतबाट बिमलेश अधिकारीले तथा महिला मोडलको अवार्ड ‘पानीको फोका …’ गीतको भिडियोबाट सिम्पल खनालले प्राप्त गरिन् । यस्तै यही विधामा छायाँकारको अवार्ड बिदूर पान्डेले र सम्पादकको अवार्ड प्रकाश तुलाधरले जिते । उत्कृष्ट भिडियोको अवार्ड भने सहेन्द्रमान श्रेष्ठले प्राप्त गरे । यस्तै समारोहमा राष्ट्रिय गीत, लोक गीत तथा अन्य गीतका विविध विधामा पनि अवार्ड प्रदान गरियो ।

नेपाली गीत संगीतमा लागेका श्रष्टाहरुको योगदानको मूल्यांकन गर्दै श्रष्टाले खोजेर भन्दा श्रष्टालाई खोजेर यो अवार्ड तथा सम्मान प्रदान गरिएको कार्यक्रम आयोजक मुनाल शिशिर कोईरालाले कार्यक्रममा बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu